जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सांसद सरस्वती सुब्बाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले यथास्थितिमा जग्गाको कित्ताकाट खोल्दा जमिनको खण्डिकरण बढ्ने भन्दै सरकारको पछिल्लो निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गर्नुभएको हो । भूमि अधिकारकर्मीसमेत रहनुभएकी सुब्बाले कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमा गर्न लागेको अवस्था रहेको स्मरण गराउनुभयो ।

यहिबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित रहेको र यसले जमिनको खण्डीकरण बढाई कृषि भूमि समाप्त पार्ने बाटो खुल्ने बताउनुभयो ।

सरकारले हिजोको मन्त्रिपरिषद् बैठकबाट जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । सरकारले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुल्ला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाउनुभएको हो ।

Back to top button