तनहुँमा उपनिर्वाचन बहिष्कार गरौं भन्ने ४ जना पक्राउ

तनहुँ । बैशाख १० गते आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार–प्रसार गर्ने ४ जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियारलगायत ४ जना रहेको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।

मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित हुनुभएको थियो। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।

यस्तै वैशाख १० मा नै बारा २ र चितवन २ मा पनि उपनिर्वाचन हुँदै छ ।

Back to top button