ट्रकको ठक्करबाट २ जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ फुटबल मैदान नजिक ट्रकको ठक्करबाट २ जना मोटरसाइकल यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–११ भरतपुरका २९ वर्षीय श्रवण कुमार महतो र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १२ वर्षीय विक्रम कुमार महतो रहेको प्रहरीले जनाएको छ ।

यस्तै, ना ३३ प ७५१३ नम्बरको मोटरसाइकलमा सबारी भई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा सोही दिशाबाट किलिङ्कर लोड गरेको प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर दिँदा श्रवण र विक्रमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ठक्कर दिने ट्रक र सुनसरी नगरपालिका–१० इटहरीका ट्रक चालक जितेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Back to top button