सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अंकले ओरालो लागेर १ हजार ९ सय ४ दशमलव ४० मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७९ अंकले ओरालो लागेर ३ सय ६३ दशमलव १२ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ।

हिजो वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन। कूल ३२ लाख ९ हजार २ सय १४ कित्ता शेयर ९८ करोड ३३ लाख ६७ हजार ३ सय ११ रुपैयाँमा खरिद बिक्री भयो।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको ५ करोड ७५ लाख ४३ हजार ४ सय २५ रुपैयाँ बराबरको कारोबार भएको छ।

कुमारी बैंकको संस्थापक शेयर ३ करोड ५३ लाख ८६ हजार ४ सय ८०, एशियन लाइफ इन्स्योरेन्स ३ करोड ३३ लाख ७७ हजार ५ सय १५,सट्याण्र्डड चार्टर्ड बैंक ३ करोड ३३ लाख ३८ हजार ८ सय २५ र एभरेष्ट बैंकको २ करोड ९१ लाख ७६ हजार १ सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मोलुङ हाइड्रोपावर ९ दशमलव ९६, सनराइज ब्ल्यूचिप फण्ड ७ दशमलव ०६, सनराइज फस्ट म्युचुअल फण्ड ३ दशमलव ९२ र एभरेष्ट बैंकको शेयर मूल्य ३ दशमलव ६० प्रतिशतले बढेको छ।

यस्तै, आर्दश लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ।

सिटिजन म्युचुअल फण्ड दोस्रो ९ दशमलव ० ३ , साम्लिङ पावर कम्पनी ८ दशमलब २७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य ४ दशमलव १० प्रतिशतले घटेको छ।

Back to top button