सहकारीबाट करिब ८ लाख लुटपाटमा सम्लग्न ३ जना कारागार चलान एकजना धरौटीमा रिहा

विराटनगर । गत चैत २ गते राती मोरङको ग्रामथान गाँउपालिका– २ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लुटपाट गर्ने कार्यमा सम्लग्न मध्ये तीनजना कारागार चलान भएका छन् ।

एक जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । चैत २ गते राति सहकारीको ढोकाको ताला फोडेर ७ लाख ७७ हजार १८ रुपैया चोरी भएको थियो ।

उक्त कसुरमा सम्लग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरीे उनीहरु विरुद्द चोरी तथा डाँका मुद्दा चलाइएको थियो ।

यसरी पक्राउ पर्नेहरुमा ग्रामथान–५ का ४० वर्षीय दिलिप कुमार चौधरी, २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी नगरपालिका–२ पुनरबास टोलका ३५ वर्षीय मिथुन पासवान रसर्लाही ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २६ वर्षीय मिथिलेश महत्तो रहेको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्दको मुद्दामा जिल्ला अदालत मोरङको हिजोको आदेशले दिलिप, ईरज धामी र मिथुनलाई पुर्पक्षको लागी कारागार चलान गरिएको हो । मिथिलेश भने २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।

Back to top button