गुल्मीमा वनमा लागेको आगो निभाउने क्रममा एकजना बालकको मृत्यु

गुल्मी । गुल्‍मीमा वनमा लागेको आगो निभाउन गएका एक बालकको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका– ३ हाडहाडेका स्थानीय १३ वर्षीय दिपक मुखियाँको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगोले जलेर स्थानीय ५५ वर्षीय धनबहादुर जोगी कुवँर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते कुवँरलाई पाल्पाबाट थप उपचारका लागि बुटवल लगिएको छ । सल्लाघारी वनमा लागेको आगो निभाउने क्रममा मुखियाँ र कुँवर जल्नुभएको थियो । गर्मी मौसम सुरुभएसँगै जिल्लाका दर्जनौं सामुदायिक वन र घरगोठमा आगलागी भइरहेको छ ।

Back to top button