जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमणः ५ जनाको मृत्यु

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको हो ।

यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।

घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु त्यस क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए । आक्रमणमा एक जना गम्भीर घाइते भएको र उहाँको रजौरीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Back to top button