ए डिभिजन लिग फुटबलः ११औँ चरणको खेल सुरु हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११औँ चरणको खेल सुरु हुँदैछ। ११ औँ चरणको पहिलो दिन दुई खेल हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्नेछन्।

एक खेल जितेर पाँच अंकसहित पुलिस पुछारमा छ भने १५ अंक जोडेको आर्मी तालिकाको पाँचौँ स्थानमा छ। दिउँसो सोही समयमा च्यासल मैदानमा हुने खेलमा न्यूरोड टिम एनआरटी र विभागीय क्लब एपीएफ भिड्दैछन्।

एनआरटी तेस्रो जितको खोजिमा हुँदा एपीएफ पाँचौँ जितको लक्ष्यमा हुनेछ। एनआरटी १० खेलबाट १० अंक जोडेर ११ औँ स्थानमा छ। समान खेलबाट १४ अंक जोडेको छ एपीएफ आठौँ स्थानमा छ।

Back to top button