सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हो ।

सिंहरदरबार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न सर्वोच्चले महानगरलाई आदेश दिएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिटमा दायर गर्नुभएको थियो ।

Back to top button