![](https://koshisandesh.com/wp-content/uploads/2021/04/coronavirus_Ml320w14Sk.png)
![](https://koshisandesh.com/wp-content/uploads/2021/04/coronavirus_Ml320w14Sk.png)
काठमाडौं । थप १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ८ सय ८३ नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ सय ८१ र एन्टीजेनबाट १ हजार ३ सय २ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो। कोरोनाका कारण १ जनाको मृत्यु भएको छ।
यस अवधिमा ४६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।