बेलायतका उपप्रधानमन्त्री राबद्वारा राजीनामा

काठमाडौं । बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिनुभएको छ । कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उहाँ विवादमा पर्नुभएको थियो । राबले आरोप गर्दै आउनुभएको थियो।

विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो ।

यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको थियो। उपप्रधानमन्त्री राबले आज राजीनामा दिएको बीबीसीले जनाएको छ ।

Back to top button