तत्काल कुनै पार्टीसँगको एकताको सम्भावना छैन: झलनाथ खनाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताउनुभएको हो ।

विहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेता खनालले तत्काल एकिकरणको सम्भावना नरहेपनि वामपन्थी शक्तिहरु मिल्नुको विकल्प पनि नरहेको बताउनुभएको छ ।

उहाँले पवित्रधाम जनकपुरबाट पनि आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनुभयो । उपनिर्वाचन पछि गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताउनुभयो ।

Back to top button