आज कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसः विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको आज ७५ औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाईदैछ ।

नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन लागेको हो ।

आज नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एसलगायतका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल पार्टीका महासचिव बन्नुभएको थियो ।

स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिष्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिष्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ ।

Back to top button