गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ ।

आज दिउँसो सुरु भएको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गर्नुभएको छ ।

उहाँले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि जनाउनुभएको छ ।

यस्तै, अहिले प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले सम्बोधन गरिरहनुभएको छ ।

Back to top button