बाँकेमा कोरोनाका कारण एक जनाको मृत्यु

कोहलपुर । बाँकेमा कोरोना भइरसका कारण एक जनाको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो। उहाँलाई यही वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उहाँलाई दमको पनि समस्या रहेको बताइएको छ।

Back to top button