स्मृति बोर्डिङ स्कुलको ओरेन्टेशमा ९१ जना विद्यार्थीको सहभागीता

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर–४ मा रहेको स्मृति ईङलिस बोर्डिङ स्कुलले उच्च माध्यामिक तहको पठन पाठनकालागि विद्यार्थीलाई ओरेन्टेशन शुरु गरेको छ।

पहिलो पटक स्मृति ईङ्लिस बोर्डिङ स्कुलले कक्षा ११ का विद्यार्थीलाई लक्षित गर्दै ओरेन्टेशन शुरु गरेको हो । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि ओरेन्टेशन गरिएको विद्यालयकी प्रिन्सीपल रीता न्यौपानेले जानकारी दिनुभयो ।

एसईई दिएर बसेका विद्यार्थीहरुलाई सिस्नोपानी नेपालका सचिव सरोज घिमिरेको उपस्थितीमा प्रशिक्षण दिनुभएको थियो। विद्यार्थीहरुले आफ्नो भविश्यको आधार पहिल्याउनकोलागि विद्यालय र त्यसपछिको बिषय छनौँटसँगै ब्यवहार परिवर्तनका कुरामा ध्यान दिनु पर्ने लगायत कसरी पढ्ने राम्रा अंक कसरी ल्याउने भन्ने बारेमा ओरेन्टेशन दिईएको थियो ।

एसईई पछि कुन विद्यालयमा पढ्ने होला भनेर पर्खिएर बसेका ९१ जना विद्यार्थीहरु विद्यालयले आयोजना गरेको ओरेन्टेशनमा सहभागी भएको प्रिन्सीपल न्यौपानेले बताउनुभयो ।

एसईईको रिजल्ट आएपछि विद्यालयमा कक्षा ११ मा भर्ना खुल्ने जनाईएको छ। सस्तो र सर्बसुलभ रुपमा पढ्न पाउने गरि विद्यार्थी लक्षित पठन–पाठन गर्न लागिएको विद्यालयले जनाएको छ।

Back to top button