चम्पेटारमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ गम्भीर घाइते

फिदिम । पाँचथरको फिदिम नगरपालिका ११ चम्पेटारमा मे १ ज २९५८ नम्बरको पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

पिकअपमा सवार ५ जना गम्भीर घाइते भएका छन्। बाँकी ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

फालेलुङ ८ लुवाफुदेखि फिदिमतर्फ आउँदै गरेको पिकअप फिदिम फालोट सडकखण्डको चम्पेटारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी फालेलुङ ८ लुवाफुका २८ वर्षीय साजन केरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसमेत रहनुभएका सवारी धनी छवि अधिकारिसहित ५ जना घाइतेलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ।

Back to top button