बारा–२ का ४,५ मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गर्‍यो : सिके राउत

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनका क्रममा बारा क्षेत्र नम्बर–२ का विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेको आरोप लगाउभएको छ ।

बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचन भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उहाँले ४,५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाउनुभएको हो ।

‘बेलडारी, झिटकैयासहित अरु १,२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ उहाँले भन्नुभयो,‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उहाँले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाउनुभयो ।

Back to top button