सप्तकोसीमा दाजुभाइसहित ३ जनाको डुबेर मृत्यु

सुनसरी । सप्तकोसी नदीमा डुबेर दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर–१ मा रहेको बराहक्षेत्र मन्दिरमुनिको सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताउनुभयो।

बाबुको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका–९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका–७ का १८ वर्षीय राजु गुरागाईंको सप्तकोसीमा डुबेर मृत्यु भएको डिएसपी राइले बताउनुभयो।

सप्तकोसीमा बुधबार नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शब नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको डिएसपी राइले बताउनुभयो।

बराहक्षेत्र मन्दिरमा बाबुको श्राद्ध गर्न आएका न्यौपाने दाजुभाइ श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा सप्तकोसी नदिमा डुबेर बेपत्ता भएका थिए।

Back to top button