यात्रुबाहक बस दुर्घटना: १ जनाको मृत्यु, ३८ घाइते

ढोरपाटन । बुटवलबाट बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ।

आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिनुभयो।

मृत्यु हुनेको पहिचान नखुलेको उहाँको भनाइ छ। घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिनुभयो। घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस भिरमा अड्किएको बताइएको छ।

Back to top button