बारा–२ उपनिर्वाचनः १ बजेसम्म खस्यो २२ प्रतिशत मत

बारा । बारा क्षेत्र नम्बर–२ मा दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं–२ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं–२ मा २ हजार ६ सय ५ सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि १ हजार ६ सय ८८ नेपाल प्रहरी, ६सय ५ सशस्त्र प्रहरी र ३ सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्नसक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताउनुभयो।

यस्तै, बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

Back to top button