राष्ट्रियसभा बैठक वैशाख १३ गते बस्ने

काठमाडौं । राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ। अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक बैशाख १३ गते बोलाइएको हो। यसअघि वैशाख ५ गते बैठक बसेको थियो।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाउनुभएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आज एक सूचना जारी गदै बैठक बस्ने बारे जानकारी दिनुभएको हो । हाल राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रूसमा हुनुहुन्छ।

Back to top button