१० बुँदे घोषणापत्र जारी गर्दै पेशागत महासंघ नेपाल कोशी प्रदेशको प्रथम पूर्ण बैठक सम्पन्न

विराटनगर । १० बुँदे घोषणापत्र जारी गर्दै पेशागत महासंघ नेपाल कोशी प्रदेश समितिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकले संघीय शिक्षा ऐन, निजामति सेवा ऐन, स्थानीय सेवा ऐन यथाशिघ्र निर्माण गरि लागु गर्न, राजनैतिक अधिकारसहितको ट्रेड युनियन सुनिश्चित गर्न, धारासायी सार्वजनिक संस्थान तथा प्रतिष्ठानलाई यथाशिघ्र सुुधार र व्यवस्थापन गरि अघि बढाउन, भरपाई ज्यालादारी, करार, राहत र अस्थायी पेशाकर्मीहरुलाई दरवन्दीको व्यवस्था गरि योग्यता र अनुभवका आधारमा एक पटकका लागि स्थायी गर्न माग गरेको छ ।

यस्तै पेट्रोलीयम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको चरम मूल्यवृद्दि नियन्त्रण गर्न, लैङ्गिक हिंसा, बालबालिका माथिको दुर्व्यवहार र कर्तव्यपालनाको शिलशिलामा पेशाकर्मीहरु माथिको दुर्व्यवहार अन्त्य गर्न माग पनि माग गरेको छ ।

यस्तै प्रदेशको नामकरण गर्न सफल भएकोमा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै महासंघ प्रदेश समितिले जिल्ला इन्चार्जहरुको जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।

जस अन्तर्गत पाँचथरका लागि बेधनिधि खनाल, सुनसरीका लागि अस्मिता आचार्य, भोजपुर र संखुवासभाकालागि कमला प्रधान इन्चार्ज तोकिनुभएको छ ।

इलाम र झापाका लागि नन्दकुमार कोइरालाले इन्चार्जको जिम्मेवारी पाईरहँदा ओखलढुङ्गा र सोलुखुम्बुको लागि राजेन्द्र खत्रि तथा खोटाङ र उदयपुरको इन्चार्ज थिरबहादुर कार्की तोकिनुभएको छ ।

ताप्लेजुङमा लक्ष्मीमाया ओनेम, तेह्रथुममा विष्णु भट्टराई इन्चार्ज तोकिनुभएको छ भने धनकुटाका लागि सत्यनारायण मेहता र मोरङको इन्चार्ज सुशिल पराजुली चयन हुनुभएको छ ।

यस्तै बैठकले ७ सदस्सीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा अशेषकुमार लम्साल, सत्यनारायण मेहता, कमला प्रधान, प्रेमप्रसाद भट्टराई, डिल्ली धिमाल, राजेन्द्र खबी र दिपेन्द्र भट्टराई रहनुभएको छ ।

Back to top button