आज विरुवा रोपेर मनाइयो विश्व पृथ्वी दिवस

काठमाडौं । विश्व पृथ्वी दिवस २०२३ आज विरुवा रोपेर मनाइएको छ। राजधानीमा एक कार्यक्रम गरी ‘पृथ्वी जोगाऔं’ भन्ने मूल नाराका साथ लुम्बिनी विश्व शान्ति मञ्चले उपलब्ध गराएका फलफूलका विरुवा रोपेर मनाइएको हो।

सीतापाइलास्थित नेपाली सेनाको युद्ध कवच गणको परिसरमा मञ्चले उपलब्ध गराएका अम्बा,हलुवाबेद,भोगटे,असारेफुल,तेजपत्ता,कागतीलगायत विभिन्न फलफूलका २०० विरुवा रोपिएको थियो।

कार्यक्रममा विश्व शान्ति मञ्चका संस्थापक अध्यक्ष बासु गौतमले सन् २०१९ यता २० हजार बोटविरुवा रोपिसकेको जानकारी दिनुभयो।

उहाँले यही बैशाख २२ गते बुद्ध जयन्तीका अवसरमा लुम्बिनी र भैरहवामा १० लाख वृक्षरोपण गर्ने कार्यक्रम रहेको बताउनुभयो।

उहाँका अनुसार ४ महिनाको अवधिमा ३० हजार बढि वृक्षरोपण गर्ने मञ्‍चको तयारी रहेको छ। २२ अप्रील सन् १९७० बाट संसारभर पृथ्वी दिवस मनाइदै आएको हो।

Back to top button