थप ८१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १ हजार ३ सय ६ नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ सय ७० र एन्टीजेनबाट ९ सय ३६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट ४० को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ५४ जना संक्रमित निको भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७० पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button