बारा–२ उपनिर्वाचनः मतगणना बिहान ११ बजेबाट

बारा । बारा क्षेत्र नं.–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ।

कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्र स्थित मतगणनास्थलमा आज बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

बैठकले मतगणना हुने कोठामा ३४ जना उम्मेदवारका २–२ जना प्रतिनिधि बस्न पाउने सहमति पनि भएको बैठकमा सहभागी एमाले नेतृ एवम् पुर्वमन्त्री ज्वाला साहले जानकारी दिनुभयो ।

यस्तै, बारा–२ मा ६८ हजार ८ सय ८७ मत खसेको छ ।

Back to top button