चितवन–२ उपनिर्वाचनः मतगणना सुरू

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। हिजो भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इच्छा मनकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरू भएको हो।

चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा २ बजेबाट मतगणना सुरू भएको हो।

उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।

चितवनमा नेकपा एमालेका रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ।

चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उहाँको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुनःमतदान भएको हो।

Back to top button