चितवन–२ उपनिर्वाचन मतगणनाः लामिछानेको निरन्तर अग्रता

चितवन । चितवन–२ मा शानदार मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४५, ८ सय ४२ मतसहित अग्रस्थानमा हुनुहुन्छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम् प्रतिद्वन्द्विभन्दा ३७ हजार ४ सय १७ मतान्तरले लामिछाने अगाडि हुनुहुन्छ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ।

एमालेका रामप्रसाद न्यौपाने ८ हजार ३ सय ३० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। चितवनमा इच्छाकामना, भरतपुर र कालिका–२ सम्मको मतगणना भएको छ।

Back to top button