बारा–२ मा उपेन्द्र यादवको निरन्तर अग्रता

काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजार मत कटाउनुभएको छ ।

यादवले ११ हजार ४ सय ३५ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई जनमतका शिवचन्द्र कुशवाहाले ७ हजार ४ सय ६३ मतका साथ पछ्याइरहनुभएको छ ।

तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार २ सय १५ मत ल्याउनुभएको छ भने रास्वपाका रमेशप्रसाद खरेल १ हजार ८ सय ७० मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

Back to top button