सरकारलाई दिएको समर्थनमा पुनर्विचार हुन्छ : रबि लामिछाने

चितवन । रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दा नउठाए सरकारलाई समर्थन दिनुको औचित्य नहुने बताउनुभएको छ ।

आज बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गदैँ उहाँले सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने बताउनुभएको हो ।

लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको भन्दै आपत्ति जनाउनुभयो।

‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ। न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनपर्छ भन्ने बुँदा हट्यो।’ उहाँले भन्नुभयो,’सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो।’

सभापति लामिछानेले अस्थिरता नहुन राजनैतिक दल सचेत हुनुपर्ने धारणा राख्नुभएको छ । लामिछानेले सरकारले ध्यान दिनपर्ने कुरामा ध्यान नदिएको पाइएमा समर्थनमा पुनर्विचार गर्ने स्पष्ट पार्नुभयो।

Back to top button