राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ ।

एन्टिबायोटिक उपयोगका कारण पौडेलमा शारीरिकरूपमा केही शिथिलता देखिएको छ । तर,पनि सामान्य हिँडडुल गर्ने अवस्थामा भएको राष्ट्रपति कार्यालयका प्रवक्ता समिर आचार्यले जानकारी दिनुभयो ।

यस्तै, स्वास्थ्यमा समस्या आएपछि गत बैशाख ६ गते पौडेललाई उपचारका लागि दिल्ली लगिएको थियो।

Back to top button