कुटपिटमा सम्लग्न १३ जना बालिका पक्राउ

विराटनगर । गत वैशाख ६ गते दिउँसो मोरङको मिक्लाजुङको कालिका माध्यामिक विद्यालयमा एक छात्रालाई कुटपिट गर्ने १३ जना बालिका पक्राउ परेका छन् ।

मिक्लाजुङ वडा नं. ३ स्थित कालिका माविमा अध्ययनरत १४ वर्षीया छात्रामाथि सोहि ठाउँका र सोहि विद्यालयमा अध्ययनरत बालिकाहरुको समूहले कुटपिट गरेको थियो ।

१३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो बनाई समाजिक संजालमा पोष्ट गरेपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बालिकाहरुलाई हिजोे जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा दिन ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।

Back to top button