उपनिर्वाचनको मत परिणामपछि कांग्रेस महामन्त्री शर्माको निष्कर्षः दलहरुलाई रुपान्तरित हुन सन्देश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको मतपरिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने समेत उल्लेख गर्नुभएको छ । महामन्त्री शर्माले ट्वीटरमा लेख्नुभएको छ, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’

मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उहाँले नवीन अभियानमा, नयाँ ढंगले जुट्ने प्रतविद्दता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाले तथा बारा २ जसपाले जितेको छ । कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो ।

 

Back to top button