स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

विर्तामोड । झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–२ निवासी पवन सुबेदीको अढाई वर्षीया छोरी चिन्दल सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कमल–२ स्थित भुत्लुङमा हिजो बेलुका साढे ४ बजे मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो । यता बस र बसका चालक ३९ वर्षीय दुर्गाबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Back to top button