राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्‍दैछ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्‍ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने संभावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा,जयन्तीदेवी राई,जितेन्द्रनारायण देव,तुलप्रसाद विश्वकर्मा,दिलकुमारी रावल थापा,प्रमिला कुमारी,डा.विमला राई पौड्याल,शेखरकुमार सिंह,सुरेशकुमार आले मगर समर्थक भई सूचना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ।

यस्तै, गृहमन्त्री श्रेष्ठले अध्यागमन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

Back to top button