भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु

भारतमा एकैदिन थप ९ हजार ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्‍लो २४ घन्टामा थप ९ हजार ६ सय २९ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ। ६३ हजार ३ सय ८० सक्रिय संक्रमित रहेकोमा हाल घटेर ६१ हजार १३ पुगेको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ३ सय ९८ पुगेको छ।

हाल दैनिक कोरोना संक्रमण दर ५ दशमलव ३८ प्रतिशत र साप्ताहिक ५ दशमलव ६१ प्रतिशत पुगेको छ।

Back to top button