सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाउनुभएको छ ।

आज मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो,‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ।’

यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता उहाँले औंल्याउनुभयो । राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ ।

Back to top button