उद्योग संगठन मोरङमा भोली कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल हुने

विराटनगर । आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउनुपूर्व भोली विराटनगरमा कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल हुने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितीमा पूर्व बजेट छलफल हुन लागेको हो । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजनामा हुन लागेको छलफललाई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सहजीकरण गरिरहेका छन् ।

भोली विहान ९ बजेदेखि उद्योग संगठन मोरङको सभाहलमा पूर्व बजेट छलफल हुने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिनुभएको छ ।

Back to top button