प्रधानमन्त्री प्रचण्ड, कामु प्रधानन्याधीश कार्की र अर्थमन्त्री महतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्याधीश हरिकृष्ण कार्की र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ।

राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. महतले यस्तो जानकारी गराउनुभएको हो । बजेट निर्माण हुनुअघि प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, न्यायाधीश, अर्थमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता भएको हो।

अर्थमन्त्री महतले भन्नुभयो,‘अर्थ मन्त्रालयसँग जोडिएका विषयमा छलफल भएका कारण म यहाँ आउन ढिलो भएको हो।’

Back to top button