साथीको बात नसहने तर शत्रुको लात सहने नगरौंः एमाले अध्यक्ष ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने दायीत्व आफुहरुको काँधमा रहेको बताउनुभएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उहाँले साथीको बात नसहने तर शत्रुको लात सहने नगर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘त्यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउँछ ।’

पार्टीका नेतृत्व र कार्यकर्ताभित्र असन्तुष्टि भए पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न सुझाव दिँदै उहाँले विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुट्न र पार्टीलाई बलियो बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी, हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीव्र बनाउन निर्देशन दिनुभयो ।

यस्तै अध्यक्ष ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको एमाले लागिपरेको बताउनुभयो ।

चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको भन्दै अध्यक्ष ओलीले गाउँबस्ती, सहर र देशविदेश सबै क्षेत्रमा एमाले पुगेको बताउनुभयो ।

Back to top button