
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताउनुभएको छ ।
आज चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो ।
चलचित्र निर्माणका लागि विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको अध्यक्ष केसीले बताउनुभयो । अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलाकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्रको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।