एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्ने एक जना प्रहरी नियन्त्रणमाः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी प्रदेश नामकरणमा विरोध गर्नेहरूले ढुंगामुढा गरेको बताउनुभयो ।

उहाँले उक्त घटना दुःखद भएको भन्दै सरकारका तर्फबाट निन्दा गरेको बताउनुभयो । प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी गराउँदै अराजक गतिविधि गर्नेलाई सरकारले छुट दिन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले ढुंगामुढा प्रहारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी पनि घाइते भएको जानकारी दिनुभयो ।

‘केपी शर्मा ओली त्यहाँको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि इलामतर्फ प्रस्थान गर्नुभएको छ। शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने‚ शान्तिपूर्ण आवतजावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।

Back to top button