कोराना संक्रमणः एकजनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एकजना संक्रमितको मृत्यु भएको हो।

आज थप ८२ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १ हजार ६ सय ३४ जनाको परीक्षणका क्रममा ८२ जना संक्रमित थपिएका हुन्। योसँगै हाल देशभर कोरोनाका ३ सय ६१ जना संक्रिय संक्रमित छन्।

आज ६५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। अहिले पनि कोरोना संक्रमित एकजनाको भेन्टिलेटर र ५ जनाको आईसीयुमा उपचार भइरहेको छ।

Back to top button