माओवादी पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिऊँ : कांग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गर्नुभएको छ । सामाजिक संजाल फेसबुकमार्फत उहाँले सो कुराको विरोध गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उहाँले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ ,‘उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’

Back to top button