पूर्व प्रशिक्षक अल्मुताइरी अफगानिस्तानको प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानी फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ ।

सन् २०२१ देखि २०२२ मा नेपाली राष्ट्रिय टिमको नेतृत्व सम्हाल्नुभएका अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।

तर, एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि बन्द प्रशिक्षणका क्रममा खेलाडीसँगको विवादका कारण उहाँको नेपाल बसाई टुङ्गिएको थियो।

त्यसयता कुवेतमै रहनुभएका प्रशिक्षक अल्मुताइरीलाई अफगानिस्तान फुटबल संघ आज प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ।अल्मुताइरीले चाँडै राष्ट्रिय टिमको तयारी सुरु गर्ने पनि अफगान फुटबल संघले जनाएको छ।

Back to top button