दाङमा श्रीमतीबाट श्रीमानको हत्या

दाङ । दाङमा १ जनाको हत्या भएको छ । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका–१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजे श्रीमती केशरा परियारले बन्चरो प्रहार गर्दा श्रीमान रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरो प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताउनुभयो ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Back to top button