कृष्ण बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उहाँकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित आज सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

यस्तै, अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरुको चल अचल सम्पत्ती समेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुष १ गते सफाइ दिने फैसला गरेको थियो ।

Back to top button