नेप्सेमा एकल अंकको गिरावट, आज कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । आज बजार परिसूचक नेप्से २ दशमलव २७ अंकले घट्दा १८८९ दशमलव ७३ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा २१ लाख ७४ हजार ९ सय १४ कित्ता सेयर किनेबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार २ सय ४७ रुपैयाँको कारोबार भएको छ । हिजो ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्यो । सिटिजन्स म्युचुअल फन्ड २, तेह्रथुम पावर कम्पनी, तारागाउँ रेजेन्सी होटल लिमिटेड, सुपरमादी हाइड्रोपावर लिमिटेड, आरबीबी म्युचुअल फन्ड १ लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।

यस्तै, कारोबारमा आएका मध्ये १ सय ३९ कम्पनीको सेयर मूल्य घट्यो । धेरै गुमाउनेमा एनबीएल ग्रोथ फन्ड, एनएमबी डिबेन्चर, युनिलिभर नेपाल लिमिटेड लगायतका कम्पनी छन् ।

Back to top button