सरकारको नेतृत्वमा आलोपालो हुन्छ : नवनियुक्त मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेश सभाको अवधिभर रहने बताउनुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेश सभाको अवधिभर रहने बताउनुभएको हो । ‘यो गठबन्धन प्रदेश सभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले भननुभयो ।

सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताउनुभयो । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उहाँले बताउनुभयो । ‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं ।

पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उहाँले भन्नुभयो,‘कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं ।’

Back to top button