कोरोनाबाट थप १ जनाको मृत्यु, संक्रमित संख्या १ सय ११

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको हो। यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २९ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५ सय १७ जनामा गरिएको परीक्षणमा १ सय ११ जनामा कोरोना पुष्टी भएको छ। यस अवधिमा ६० जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा ३ सय ७८ जना संक्रिय संक्रमित रहेका छन्।

Back to top button